काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरेका छन्। दीपेन्द्रले ३५औं ओभरमा ५० रन पूरा गरेका हुन्। उनले २ चौका र १ छक्का प्रहार गरिसकेका छन्।
नेपालका ओपनर जितेन्द्रसिंह ३६ रन जोडेर आउट भएका छन्। उनले ९५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेख ३ रनमा आउट भए। अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्के। भीम सार्की १५ रनमा आउट भए। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए। पवन सर्राफ १ रनमा आउट भए।
अहिले दीपेन्द्र र कमलसिंह ऐरी ब्याटिङ गरिरहेका छन्। भारका आदित्य थाक्रे र अभिषेक शर्माले २–२ विकेट लिएका छन्।
मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले पराजित भएको थियो। नेपालले अन्तिम ओभरमा १० रन डिफेन्ड गर्न नसक्दा बंगलादेशसँग पराजित भएको हो।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस्
एसिया कपअन्तगर्त भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ।
भारतविरुद्ध खेल्ने नेपाली टिम – जितेन्द्र सिंह, आसिफ शेख, कमलसिंह ऐरी, अनिलकुमार साह, साहम आलम, किशोर महतो, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र भीम सार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।