काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन्।
बालगुरु आदित्य दाहालको पुस्तक 'कलियुगको आदित्य एवं ज्योतिपथको' अंग्रजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
ज्ञानप्राप्तिका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना पनि ज्ञान प्राप्त गर्नु अनौठो भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
'ज्ञानप्राप्तिका लागि स्रोत अनिवार्य छ,' प्रधानमन्त्री ओलीले भने, 'आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो।'
प्रधानमन्त्री ओलीले नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकोले आदित्यजस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए।
प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकलाई आदित्यको स्रोत विनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।