• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चिनी व्यवसायीले कसरी सरकारलाई 'चुना' लगाए?

यस्तो भन्छ, महालेखाको प्रतिवेदन
64x64
नेपाल लाइभ शनिबार, चैत ३०, २०७५  १५:११
1140x725

काठमाडौं– केही दिन अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएर व्यवसायीले सरकारको आँखामा छारो हालेको अभिव्यक्ति दिए। 

चिनी व्यवसायीले सरकारलाई नराम्रोसँग झुक्याएर ठूलो आर्थिक लाभ लिएको प्रधानमन्त्री ओलीको भनाइ थियो। महालेखा परीक्षक कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले पनि चिनी व्यवसायीहरूले सरकार र उपभोक्तालाई नराम्रैसँग चुना लगाएको देखाएको छ। 

ठूलो परिमाणमा सस्तो चिनी आयात–मौज्दात–आयातमा रोक–बजार कब्जा गरेर महंगोमा बिक्री 

महालेखा परीक्षक प्रतिवेदनले व्यवसायीहरू सरकारको आँखामा छारो हाल्न कसरी सफल भए भनेर उल्लेख गरेको छ। 

प्रतिवेदन अनुसार सबैभन्दा पहिला उनीहरूले अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भएको बेला ठूलो परिमाणमा चिनी खरीद गरे। खरीद गरेको चिनी बजारमा जान दिएनन्, स्टक गरेर राखे। 

त्यसपछि आफ्ना उद्योग धराशायी हुँदै गएको र उखु किसानलाई तिर्नुपर्ने भुक्तानी पनि तिर्न नसकेको भन्दै सरकारलाई प्रभावमा पारे। व्यवसायीको कुरा सुनेर सरकारले आयातमा परिमाणात्मक प्रतिबन्ध लगाउने निर्णय ग¥यो। आयात बन्द भयो। त्यसपछि उनीहरूले सस्तोमा किनेको चिनी महँगोमा बजारमा बेच्न थाले। बजार एकलौटी रुपमा व्यवसायीहरूको कब्जामा प¥यो। सरकार निरीह बन्यो। 

यस्तो छ प्रतिवेदनको अंश 

अन्तर्राष्ट्रिय बजारमा २०७४।७५ मा चिनीको भाउ घटेको अवस्थामा चिनीको आयात बढ्दै गएको र देशभित्रका चिनी उद्योगको संरक्षण गर्न चिनीको पैठारी महसुल बढाउन २०७४।९।११ मा उद्योग व्यवसायी र अर्थ मन्त्रालयबीच सहमति भएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सहमति भएको विषयमा तत्काल औपचारिक निर्णय नगरी २०७५।१।४ मा मात्र चिनीको भन्सार महसुल १५ प्रतिशतबाट ३० प्रतिशत वृद्धि गरेको देखियो। सो अवधिमा चिनीको पैठारी अत्यधिकरुपमा वृद्धि भएको देखिन्छ।

आसिकुडा प्रणालीको तथ्यांकअनुसार २०७४।७५ मा २ लाख ३४ हजार मेट्रिक टन चिनी आयात भएको देखिन्छ। जुन गत वर्षको परिमाण ७१ हजार मेट्रिक टनभन्दा ३ दशलमव ३ गुणा बढी रहेको छ।

वार्षिक करिब २ लाख ३० हजार मेट्रिक टन चिनीको खपत रहेकोमा करिब १ लाख ७५ हजार मेट्रिक टन चिनी स्वदेशमा उत्पादन हुने गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

उक्त तथ्यांकबाट मुलुकको यथार्थ आवश्यकताभन्दा बढी चिनी आयात गरी मौज्दात राखेको अवस्था छ। सरकारले उद्योगी व्यवसायीसँग सहमति गरेअनुरुप तत्काल भन्सार महसुल निर्धारण नगरी ४ महिना ढिलाइ गरेको कारण सो समयमामात्र ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ मूल्यको ७९ हजार ४४ मेट्रिक टन चिनी आयात हुँदा वृद्धि गरिएको महसुल दर ३० प्रतिशतलाई आधार लिँदासमेत ५३ करोड ६६ लाख ९५ हजार रुपैयाँ भन्सार राजस्वमा प्रभाव परेको देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नीतिगत सहमति वा निर्णय गरेको विषय तत्काल कार्यान्वयनमा नल्याउँदा यस्तो प्रभाव परेकोले यसतर्पm यथोचित ध्यान पुर्‍याउनुपर्दछ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो हुँदै गइरहेकाले पैठारीकर्ताले गत वर्ष प्रति किलोग्राम ४० देखि ५१ रुपैयाँ सम्ममा चिनी पैठारी गरेको देखिन्छ। भन्सार महसुल र मूल्य अभिवृद्धि कर समावेश गर्दा समेत आयातित चिनीको लागत प्रति केजी ५२ देखि ५६ रुपैयाँसम्म पर्ने देखियो। 

सरकारले चिनीको खुद्रा मूल्य प्रति केजी ६५ देखि ७० रुपैयाँ सम्म निर्धारण गरेको परिप्रेक्ष्यमा आयातित चिनीको बिक्री बढी नाफायुक्त देखिन्छ।

तर तोकिएको मूल्यमा चिनी बिक्री गर्दा उद्योगलाई नोक्सान पर्ने जनाइ मूल्य बढाउन उद्योगहरूले पहल गरेको अवस्था छ। स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले २०७५।५।३१ देखि चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको छ। तर पहिले नै आयात गरी मौज्दातमा रहेको चिनी बजारमा बिक्री भैरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको उत्पादन लागत र मूल्य घटेको अवस्थामा समेत सोको फाइदा नेपाली उपभोक्ताले पाउन सक्ने देखिएन। नेपालका चिनी उद्योगहरूले अर्थतन्त्रमा गरेको योगदान र उत्पादन लागत घट्न नसक्नुको कारणबारे अध्ययन भएको समेत देखिएन। तसर्थ यस सम्बन्धमा अध्ययनको जरुरी देखिन्छ।

साल्ट ट्रेडिङलाई चिनीमा दिएको अनुदान औचित्यहीन
सरकारले चिनीको मूल्यमा स्थिरता कायम गर्न साल्ट टे्रडिङ लिमिटेडलाई चिनी आयात गर्न भन्सार महशुल छुट दिएको छ। सो बमोजिम यो वर्ष सो संस्थाले ३७ हजार ५ सय ८ मेट्रिक टन चिनीे २ अर्ब २८ करोड ६९ लाख रुपैयाँमा आयात गर्दा मूल्य अभिवृद्धि करसमेत ३८ करोड ७६ लाख राजस्व छुट दिएको छ।

आसिकुडा प्रणालीबाट प्राप्त तथ्यांक अध्ययन गर्दा अन्य पैठारीकर्ताले प्रति केजी ४० देखि ५१ रुपैयाँ सम्ममा चिनी पैठारी गरेकोमा सो संस्थाले प्रति केजी रु ६० मा पैठारी गरेको देखिन्छ। अन्य पैठारीकर्ताले ३० प्रतिशत भन्सार महसुल तिरेर पैठारी गर्दा भन्दा साल्ट टे्रडिङ लिमिटेडले १ प्रतिशत भन्सार महसुल तिरेर पैठारी गरेको चिनी महंगो हुने देखियो। 

भन्सार र मू.अ करसमेत सो संस्थाले पैठारी गरेको चिनी प्रति के.जी. ६९ रुपैयाँ पर्ने देखिन्छ। जब कि सरकारले निर्धारण गरेको बिक्री मूल्य सोभन्दा कम देखिन्छ। 

अन्य पैठारीकर्ताको बिक्री मूल्यमा नाफासमेत समावेश रहन्छ। यसरी बजार मूल्यलाई स्थिर गर्ने उद्देश्यले दिएको छुटमा खरिद हुँदाको लागतभन्दा खुला बजारमा पैठारीकर्ताले आयात गरेको चिनी सस्तो हुने अवस्थाले उक्त राजस्व छुट ३८ करोड ७६ लाख रुपैयाँ औचित्यपूर्ण देखिएन।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्