म्याड्रिड– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले सानदार जित निकालेको छ। स्पेनले कोस्टारिकामाथि ५–० गोलको फराकिलो जित निकालेको हो।
स्पेनको जितमा ४ खेलाडीले गोल गर्न सफल भए। डेभिड सिल्भाले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २ गोल गरे भने १ पास गोलका लागि उपलब्ध गराए।
खेलको छैटौं मिनेटमा जोर्डी अल्बाले गोल गरेर स्पेनलाई अग्रता दिलाए। २३ मिनेटमा अल्भारो मोराटाले स्पेनको अग्रता दोब्बर पारेका थिए।
५१ र ५५ मिनेटमा सिल्भाले २ गोल गरेपछि स्पेनले ४–० गोलको अग्रता लिन सफल भयो। आन्द्रेस इनिस्टाले ७३ मिनेटमा अर्को गोल थपेपछि स्पेन फराकिलो अन्तरको जिततर्फ अघि बढेको थियो।
विश्वकपमा छनोट भएको उत्तरी अमेरिकी देश कोस्टारिकाले भने सम्झनलायक प्रहार गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।