मस्को – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले रसियालाई पराजित गरेको छ। शनिबार भएको खेलमा अर्जेन्टिनाले रसियालाई १–० गोलले पराजित गरेको हो।
खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी पटक-पटक चुकेका थिए। तर, खेल सकिन ४ मिनेट बाँकी छँदा मेसीकै पासमा सर्जियो अग्युइरोले गोल गरेर अर्जेन्टिनालाई जित दिलाएका हुन्।
यता, यही साता नाइजेरियाविरुद्ध हुने मैत्रीपूर्ण खेलमा भने मेसी अनुपस्थित हुने भएका छन्। मेसीले रसियाविरुद्धको खेलपछि आफू स्पेन फर्कने पत्रकारहरुलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।