एजेन्सी– इंग्लिस प्रिमियर लिगमा न्युकासलले लेस्टर सिटीलाई पराजित गरेको छ।
पूर्वच्याम्पियन लेस्टरमाथि न्युकासलले १–० गोलको जित निकालेको हो।
न्युकासलको जितमा पेरेजले ३२ मिनेटमा गोल गरे। जितसँगै न्युकासल रेलिगेशन जोनभन्दा १० अंकले अघि रहेको छ। १३औं स्थानको न्युकासलले ३४ खेलबाट ३८ अंक जोडेको छ। रेलिगेशन जोनमा रहेको कार्डिफले ३२ खेलबाट २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।