अबिडजान– अफ्रिकन मुलुक मोरक्को २० वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ। मोरक्कोले अफ्रिका छनोटको समूह 'सी' अन्तर्गत महत्वपूर्ण खेलमा आइभरी कोस्टलाई २–० गोलले पराजित गर्दै आगामी वर्ष रसियामा हुने विश्वकपमा स्थान पक्का गरेको हो।
मोरक्कोको जितमा नबिल डिरारले २५ तथा बेनाटियाले ३० मिनेटमा गोल गरेका थिए। मोरक्को पछिल्लो पटक सन् १९९८ को विश्वकपमा छनोट भएको थियो।
आइरभरी कोस्टलाई पराजित गरेसँगै मोरक्कोले समूह 'सी' १२ अंक जोड्यो। आइभरी कोस्ट ८ अंकमै सीमित हुँदा विश्वकपमा छनोट हुन असफल भयो।
अफ्रिका छनोटको समूह 'ए' को निर्णायक खेलमा लिबियालाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया पनि छनोट भएको छ। समूहमा उसले १४ अंक जोड्यो। १३ अंक जोडेको कंगो भने विश्वकप छनोट हुन सकेन । कंगोले अन्तिम खेलमा गुएनालाई ३–१ ले पराजित गरेपनि विश्वकपमा स्थान बनाउन पर्याप्त हुन सकेन।
योसँगै अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँच वटै टिमको टुंग्गो लागेको छ। अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट छनोट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।