काठमाडौं– आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स चौथो स्थानमा उक्लिएको छ। दिल्लीले शुक्रबार अबेर राति सकिएको खेलमा कोलकाता नाइटराइडर्सलै उसकै घरेलु मैदानमा ७ विकेटले हराएर चौथो स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ७८ रन जोड्यो। उसका लागि सुबमान गिलले ३९ बलमा ६५ रन जोडे। आन्द्रे रसेलले २१ बलमा ४५ रन बटुले। बलिङमा दिल्लीका क्रिस मोरिस, किमो पाउल र कागिसो रबाडाले २–२ विकेट लिए। दिल्लीले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई भने पहिलो रोजाइमा राखेन।
१ सय ७९ को लक्ष्य दिल्लीले १८.५ ओभरमा पार गर्यो। दिल्लीका लागि शिखर धवनले नटआउट ९८ रन जोडे। उनले ६३ बलमा ११ चौका र २ छक्का हिर्काए। रिशव पन्तले ४६ रन र कोलिन इनग्रामले १४ रनको योगदान दिए।
चौथो स्थानको दिल्लीले लिगमा ७ खेलबाट ८ अंक जोडेको छ। कोलकाता ७ खेलबाट ८ अंक नै जोड्दै दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।