काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको हो।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले पराजित भएको थियो। नेपालले अन्तिम ओभरमा १० रन डिफेन्ड गर्न नसक्दा बंगलादेशसँग पराजित भएको हो।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस्
एसिया कपअन्तगर्त भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ।
भारतविरुद्ध खेल्ने नेपाली टिम – जितेन्द्र सिंह, आसिफ शेख, कमलसिंह ऐरी, अनिलकुमार साह, साहम आलम, किशोर महतो, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र भीम सार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।