काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शनिबार राजधानीमा अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका २१ रेस्लरले सहभागिता जनाए।
१२ नेपाली र ९ विदेशी रेस्लरले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। ह्यान्डक्याप, ट्याग टिम, रोयल ब्याटल, हार्डकोर, डबल म्याच, सिंगल म्याच र ट्रिपल थ्रेट म्याच विधामा प्रतिस्पर्धा भएको थियो।
हेर्नुहोस् तस्बिरमा रेस्लरको भिडन्त:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।