काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पाँच टिम सार्वजनिक गरिएको छ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले शुक्रबार पाँच शहरका पाँच टिम सार्वजनिक गरेको छ। उसले पाँचै टिमका मार्की खेलाडी र टिम मालिक पनि शुक्रबार नै सार्वजनिक गर्यो।
प्रतियोगिता आगामी जेठ ३ देखि ११ गतेसम्म हुँदैछ। खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। पाँच टिमले खेलाडी आवद्ध गर्ने प्रक्रियाको विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ। लिगमा नेपाली खेलाडीको मात्र सहभागिता रहनेछ। यस्तै टिममा मार्की खेलाडी र आबद्ध हुने अन्य खेलाडीले निश्चित रकम पाउनेछन्।
प्रतियोगिताका पाँच सहरका पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।