काठमाडौं– विपद् व्यवस्थापन कोषको रकम विपद् व्यवस्थापनमा बाहेक अन्य काममा खर्च गर्न मिल्दैन। तर, उक्त कोषको रकम जथाभावी खर्च हुने गरेको पाइएको छ।
विपद् व्यवस्थापन कोषको रकम अस्पताल, क्याम्पस र जिल्ला तथा इलाका प्रशासन कार्यालय उद्घाटनमा खर्च हुने गरेको पाइएको छ।
विपद व्यवस्थापन कोषकै रकम निर्वाचन सुरक्षा गोष्ठीमा सहभागिता जनाउन हेलिकोप्टर प्रयोग गरी ८३ लाख ६० हजार रुपैयाँ समेत सकेको महालेखाले जनाएको छ।
असम्बन्धित कार्यमा प्रयोग भएको हेलिकोप्टर भाडा विपद् राहतको लागि निकासा भएको रकमबाट भुक्तानी गर्नु उचित नदेखिएको महालेखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।