मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिन सिरियामा जारी द्वन्द्वको सैन्य समाधान सम्भव नरहेकोमा सहमत देखिएका छन्।
सिरियामा जारी द्वन्द्व समाधानका लागि विश्वका दुई शक्तिशाली नेताबीच एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीको सम्मेलनका अवसरमा शनिबार भएको भेटका क्रममा दुवै नेताबीच छलफल भएको रसियाको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।
'दुई नेताले सिरियामा जारी युद्धको सैन्य समाधान नभएको तर इस्लामिक आतंकवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा दृढ संकल्प व्यक्त गरेका छन्', क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।