काठमाडौं– नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रि खेलकुद परिषद्मा अर्ब रुपैयाँ बढीको रकम पेस्की फर्स्योट हुन नसकेको देखिएको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ५६औं वार्षिक प्रतिवेदनमा खेकलुद परिषद्मा अर्ब बढी पेस्की बाँकी रहेको देखिएको छ।
प्रतिवेदनअनुसार परिषद्मा १ अर्ब १५ करोड ४६ लाख ६७ लाख पेस्की बाँकी देखिएको छ। जसमा राष्ट्रिय संघमा सबैभन्दा पेस्की छ भने क्षेत्रीय खेलकुद विकास समिति दोस्रो नम्बर र बाहालवाला कर्मचारी तेस्रो नम्बरमा पेस्की लाने देखिएको छ। प्रतिवेदन अनुसार ५९ जना पत्रकारको नाममा २७ लाखको पेस्की देखिएको छ।
प्रतिवेदशनमा भनिएको छ,' वित्तीय विवरण अनुसार गत वर्षको पेस्की जिम्मेवारी रु.९२ करोड ११ लाख ६८ हजार रहेकोमा यो वर्ष रु.९ करोड ६८ लाख ४१ हजार फछ्र्योट गरेको र रु.३३ करोड ३ लाख २८ हजार थप भएको समेत २०७५ आषाढ मसान्तसम्म रु.१ अर्ब १५ करोड ४६ लाख ६७ हजार (गत वर्षको भन्दा २५.३५ प्रतिशत वृद्धि) पेस्की बाँकी रहेकोले उक्त पेस्की असुल फछ्र्यौट गर्न थप सक्रिय हुनुपर्ने देखिन्छ।'
कसको कति पेस्की ? (हजारमा)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।