काठमाडौं– नेपाल प्रहरीमा दरबन्दी अनुसार अझै कर्मचारी अपुग छन्।
प्रहरीको गत वर्ष कुल दरबन्दी ७२ हजार ४ सय ७३ रहेकोमा मन्त्रिपरिषदबाट २०७५ जेठ २७ मा ३ हजार ३ सय ३७ दरबन्दी थप भएको थियो।
जनशक्ति कम भएको भन्दै दरबन्दी थप गरिए पनि अझै दरबन्दी अनुसार कर्मचारी नभएको महालेखाले औंल्याएको छ। अहिले प्रहरीको दरबन्दी ७५ हजार ८ सय १० हो।
तर, अहिले अधिकृत तहमा १ सय ४२ जना र त्यसभन्दा मुनि ४ हजार ७ सय १८ जना गरी ४ हजार ८ सय ६० पद रिक्त रहेको छ।
प्रहरी सेवामा आकर्षण गर्नसक्ने गरी जनशक्ति व्यवस्थापन योजना तयार गर्नुपर्ने सुझाव महालेखाको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।