मस्को– स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेसीले आफ्नै देशका राष्ट्रिय फुटबलर पहिचान गर्न नसकेपछि पछुतो मानेका छन्।
सन् २०१८ को विश्वकप आयोजक रसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न मस्को पुगेका मेसीले यू–२० टिममा स्टार सेबास्टियन ड्रउसीलाई नचिनेका हुन्। उनी गत महिना राष्ट्रिय टिमको प्रारम्भिक चरणको टिममा समेत परेका खेलाडी हुन् ।
सेबास्टियन हाल रसियन क्लब सेन्ट जेनिस पिटर्सवर्गबाट व्यावसायिक खेल खेल्दै आएका छन्। रसिया पुगेका मेसीलाई भेट्न सेबास्टियन होटल पुगेका थिए। होटल पुगेपछि उनले मेसीसँग फोटो खिचेका थिए। सो फोटो सेबास्टियनले इन्स्टाग्राममा पोस्ट गरेका थिए। पोस्टपछि मात्र मेसीले सेबास्टियनलाई चिनेका थिए।
मेसीले सेबास्टियनलाई चिन्न नसकेको भन्दै पछि माफी मागेका छन्। सेबास्टियनलाई पहिचान गर्न नसकेकोमा पछुतो मान्दै मेसीले भनेका छन् 'फोटो खिच्ने बेला सेबास्टियनलाई चिन्न नसकेकोमा दु:खी छु । इन्स्टाग्राममा उनको पोस्ट देखेपछि म लज्जित भएँ। उनीसँग माफी मागिसकेको छु। उनी र मेरो यसअघि राम्रो सम्बन्ध थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।