• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन दुख्छ तल्लो पेट? के छ उपचार?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २९, २०७५  १३:४४
1140x725

जानुका शर्मा (नाम परिवर्तन) एक वर्षदेखि काठमाडौंका नाम थाहा पाएसम्मका स्त्रीरोग विशेषज्ञकहाँ चहारिछन्। दुखाइ अति भएकाले ३८ वर्षकी उनलाई धेरैले पाठेघर झिक्न सल्लाह दिए। निरन्तर तल्लो पेट दुख्ने समस्याले मानसिक रूपमा उनी विक्षिप्तझैं बनिसकेकी थिइन्।

जति पनि चिकित्सककहाँ पुगिन्, सबैले संक्रमण भएको भन्दै चार–पाँचथरी एन्टीबायोटिक र पेनकिलर दिएर पठाउँदा रहेछन्। केही हप्ताका लागि दिइएको औषधि खाउन्जेल दुखाइ कम हुन्थ्यो। औषधि सकिनासाथ फेरि उस्तै दुखाइ।

हरेक पटक श्रीमतीलाई अस्पताल लिएर जाँदा उनका श्रीमान् पनि आजित बनिसकेका थिए।

श्रीमान्सँग शारीरिक सम्बन्ध राख्दा उनको तल्लो पेट झन् दुख्थ्यो। ‘शारीरिक सम्बन्धमै मन जाँदैनथ्यो। त्यसो हुँदा श्रीमान् तनावमा पर्नुहुन्थ्यो। खुसी पार्न सकिनँ, अब अर्को बिहे गर्छन् भन्ने पिरले म निकै तनावमा थिएँ,’ मसँग खुलेर उनी भन्दै थिइन्।

एक वर्षभन्दा बढी उपचारका लागि धाएकी उनी अहलिे दुखाइबाट मुक्त छिन्। दम्पत्तीबीचको सम्बन्ध पनि राम्रो छ।

०००
धेरै महिलाको साझा समस्या हो, पाठेघर दुखाइ। महिनावारी अघिपछि पनि निरन्तर दुख्ने समस्याले सताइएका महिलाको सही उपचार नहुँदा जानुकाले जस्तै पीडा भोग्नुपर्ने हुन्छ। यसले उनीहरूको मानसिक स्वास्थ्यलाई प्रभावित बनाइरहेको हुन्छ। 

महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो। पिसाब संक्रमण, पाठेघरको छेउछाउमा हुने संक्रमण मात्र त्यस्तो दुखाइको कारण होइन। अन्य कारणले पनि दुखाइ हुन्छ।

सही उपचार नहुँदा धेरै बिरामी साइकोलोजिकल ट्रमामा जाने गर्छन्। कुनै पनि महिलालाई निरन्तर तल्लो पेट दुखिरहेको छ, अन्य समस्या पनि हुन थालेको भने उपचारको अर्को पाटो सोच्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महिनावारी भएको समयमा मात्र नभई अघिपछि पनि उत्तिकै पेट दुखिरहन्छ भने बिरामीको अन्य लक्षणका आधारमा के हो भन्ने टुंगो लगाउनुपर्छ।

मुख्यतया वर्षौंदेखिको तल्लो पेट दुई रोगका कारण दुख्छ।
१. पाठेघरको टिबी
२. इन्डोमेट्रोसिस

यी दुवै रोगको लक्षण करिबकरिब उस्तै भए पनि पत्ता लगाउने तरिका, जाँच र उपचार फरक छ। 

१. पाठेघरको टिबी
कसैलाई निरन्तर तल्लो पेट दुख्ने गर्छ भने कसैको महिनावारी गडबड भइरहन्छ। कसैको अत्यधिक रगत जाने वा कसैको एकदम कम थोपामा मात्र देखिने पनि हुन सक्छ। कुनै पनि दुखाइ वर्षौंसम्म हुनुका कारण पाठेघर टिबीको दुखाइ हो। खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, सामान्य काम गर्नेबित्तिकै थाक्ने, कहिलेकाहीँ ज्वरो आएको जस्तो लाग्ने र वर्षौं दुखाइ भएको छ भने त्यो पाठेघरको टिबीको कारणले हो भनेर बुझ्नुपर्छ।

Xtrem

Xtrem

२. इन्डोमेट्रोसिस
तल्लो पेट निरन्तर दुखाइको अर्को कारण इन्डोमेट्रोसिस हो। यसको लक्षण भनेको महिनांैदेखि वर्षौंसम्म तल्लो पेट दुख्ने, महिनावारी हँुदा अझ बढी दुख्ने, श्रीमान्सँग शारीरिक सम्पर्क राख्दा असामान्य रूपमा दुख्ने हुन्छ। यसको दुखाइ यति धेरै हुन्छ कि भोलिपल्ट उठेर महिलाले कामै गर्न सक्दैनन्। अलि बढी हुँदै गएपछि दिसा बस्न, पिसाब गर्न गाह्रो हुने हुन्छ। ढाड दुख्ने र कहिलेकाहीँ तरल पदार्थ योनीबाट बग्ने गर्छ। सामान्य काम गर्दा पनि दुखिरहने हुन्छ।

जाँच र उपचार

हामीले मुख्य रूपमा पाठेघरको टिबीको उपचार गर्दा परिवारको हिस्ट्री सोध्छौं। यदि परिवारमा पहिले कसैलाई टिबी थियो भने हिस्ट्री स्ट्रङ भयो। यदि छैन भने पनि हामीले पाठेघरको भित्रको झिल्लीको बायोप्सी गर्न पठाउछौं। त्यो बेला स्पेसल्ली टिबी नै जाँच गराउन पठाउछौं। यदि त्यो रिपोर्ट पोजेटिभ आयो भने टिबीको ६ या ९ महिनाको औषधि खुवाउछौं। त्यसपछि यो समस्या ठिक हुन्छ।

यदि टिबीको लक्षण छैन र बायोप्सी जाँचमा पनि नेगेटिभ आयो भने अर्कै  कारणले हो कि भनेर जाँच गर्नुपर्ने हुन्छ।

इन्डोमेट्रोसिस पत्ता लगाउन निकै कठिन छ। जसले गर्दा डाक्टर र बिरामीलाई निकै द्विविधा हुने कारण त्यही हो। किनभने, हामीले यसका लक्षण पाठेघर जाँच गर्दा स्पर्शले थाहा पाउने हो।

जाँच गर्दा पाठेघर हल्लिनुपर्छ। तर इन्डोमेट्रोसिस भएको हो भने पाठेघर हल्लिँदैन। चलाउँदा पनि दुख्छ। पाठेघरभित्रको भित्तामा छाम्दा ससाना दाना भएको अनुभव हुन्छ। कहिलेकाहीँ पाठेघर पछाडिको भित्तामा पनि गेडागेडा अनुभव हुन्छ, त्यो बेला बिरामी दुखाइले कराउँछन्। 

जाँचका क्रममा यस्तो अनुभव भयो भने हामीले इन्डोमेट्रोसिस भएको हो भनी  निक्र्यौल गर्छौं। 

यो किन हुन्छ ?
महिनावारी भएको बेला रगत योनीबाहिर आउनुपर्ने हो। पाठेघरको दुईतिर भएको ट्युबबाट समेत रगत बग्दा त्यो डिम्बाशयमा जम्मा हुन्छ। हरेक पटक महिनावारी हुँदा यसरी बाहिर बगेको रगत जमिरहन्छ। त्यो रगत आन्द्रा, नसा र पिसाबथैलीमाथि पनि टाँसिन्छ। पग्लिएको चक्लेट जस्तै टाँसिएका कारण त्यो बिस्तारै कसिन्छ। जसले हलचल हुँदैन। त्यो हलचल नहुनाले शारीरिक सम्पर्कका बेला या काम गर्दा दुख्ने हुन्छ। महिनावारी भएको बेला पनि दुख्छ। कतिपयले स्कुटर चलाउँदा पनि दुखेको अनुभव गर्छन्।

९० प्रतिशत चिकित्सकले हिस्ट्री लिएर, पाठेघरभित्रको स्पर्शको आधारमा इन्डोमेट्रोसिस भएको पत्ता लगाउँछन्। यो अल्ट्रासाउन्डमा देखिँदैन। डिम्बाशयमा धेरै रगत जम्मा भएको छ भने मात्र देखिने हो। त्यसलाई चकलेट सिस्ट भनिन्छ। 
यदि केही गर्दा देखिएन र दुखाइ निकै छ भने बिरामीलाई बेहोस गरेर नाइटोनिर प्वाल पारिन्छ। र, ल्याप्रोस्कोपी प्रक्रियामार्फत भित्र छिराएर कम्प्युटरमा हेरिन्छ। त्यो जाँचमा पाठेघरको भित्तामा रगतका थोपा टाँसिएको देख्न सकिन्छ। यो साधारण रगत जाँच वा अल्ट्रासाउन्डमा देखिँदैन। त्यसैले यो तरिका अन्तिममा मात्र प्रयोग गर्छौं। 

इन्डोमेट्रोसिस भएको पत्ता लाग्यो भने बिरामीको उमेर, वैवाहिक अवस्था र बिरामीको माग अनुसारको उपचार गर्छाैं। अविवाहितलाई दुखाइ मात्र कम गर्ने हो भने लो डोजको कन्ट्रासेफ्टी पिल्स दिन्छौं। तीन महिना लगातार खान दिन्छौं र फलोअपमा बोलाएर दुखाइको अवस्था राम्रो छ भने पुनः तीन महिना औषधि थपेर बन्द गर्छौं। 

कसैको डिम्बाशयमा रगत जम्मा भएर सिस्ट ठूलो छ भने त्यसलाई निकाल्नैपर्छ। कति महिलाहरू बच्चा भएन भनेर पनि आउनुहुन्छ। इन्डोमेट्रोसिसको कारणले पनि यस्तो हुन सक्छ। पाठेघरको ट्युब जाम भयो भने अण्डा निस्केपछि टिप्न सक्दैन र बच्चा हुँदैन। यस्तो बेलामा हामीले इनफर्टिलिटी उपचार पनि गर्छौं। ६ महिना, एक वर्षको उपचारपछि बच्चा बनाउन सल्लाह दिन्छौं। 

त्यो बेलामा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नैपर्ने हुन्छ। अन्य समयमा पाठेघर निकाल्नुपर्ने अवस्था आए डिम्बाशय निकाल्नुपर्छ। यसको फलोअपमा ३ वा ६ महिनामा बोलाएर उपचार गर्छौं। त्यस्तो बेला हर्मोन ट्याब्लेट वा हर्मोन इन्जेक्सन प्रयोग गरिन्छ।

समय लिएर तपाईं डाक्टरकहाँ जानुभएको छ र डाक्टरले संक्रमण भएको भन्दै  औषधि दिए भने केको संक्रमण भएको भनेर सोध्नुपर्छ। आफूलाई के भएको हो भनेर थाहा पाउने बिरामीको अधिकार हो। 

(वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा वैद्य नर्भिक अस्पतालमा कार्यरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्