नेपाल टेलिकमको 'नयाँ वर्ष अफर' : २ सय रुपैयाँमै ३ जिबी डाटा, २ सय मिनेट फ्री-कल र २ सय एसएमएस

नेपाल लाइभ | २०७५ चैत २९ शुक्रबार | Friday, April 12, 2019 १३:१३:०० मा प्रकाशित

काठमाडौं- नेपाल टेलिकमले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै नयाँ 'अफर' सार्वजनिक गरेको छ।

टेलिकमले नयाँ वर्षमा २ सय रुपैयाँको 'प्याक अफर' योजना सार्वजनिक गरेको छ। नेपाल टेलिककको सेवा लिएका सेवाग्राहीले २ सय रुपैयाँ खर्च गर्दै प्याक खरिद गरेपछि ३ जिबी इन्टरनेट डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहनेछ। सो प्याक २०७५ चैत ३० देखि २०७६ बैसाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ। प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नुपर्नेछ।