काठमाडौं– एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपालले बंगलादेशलाई १८१ रनको लक्ष्य दिएको छ।
मलेसियाको किनरारा ओभलमा टस जितेको बंगलादेशले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन जोड्यो।
प्रकाश केसी नटआउट ४ र कमलसिंह ऐरी नटआउट ६ रहँदा वर्षाले खेल रोकिएको थियो। खेल रोकिएपछि मलेसियालाई ४० ओभरमा १ सय ८१ रनको लक्ष्य दिइएको हो।
खेल वर्षाका कारण प्रभावित बनेपछि ४३ ओभरमा झारिएको थियो। नेपालका लागि रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरे। भीम र रोहितले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गरे। भीमले नेपालका लागि सर्वाधिक ४४ रन जोडे। उनले ४० बलमा २ चौका र ३ छक्का प्रहार गरे। रोहितले आउट हुनुअघि ४० रनको योगदान गरे। उनले ५४ बलमा २ चौका र २ छक्का हिर्काए।
नेपालका ओपनर आसिफ शेख ३० रनमा आउट भए। उनले ५२ बल खेलेर ३ चौका प्रहार गरेका थिए। अर्का ओपरन जितेन्द्रसिंह ६ रनमा आउट भए। उनले १९ बल खेल्दा १ चौका प्रहार गरे। यस्तै, अनिलकुमार साह १९ रन जोडेर आउट भए। उनले २२ बल खेल्दा ३ चौका हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरी १२ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए। ऐरीले ४१ बल खेल्दा १ चौका प्रहार गर्न सके।
बलिङतर्फ बंगलादेशका नइम हसनले २ विकेट लिए। हसन मोहम्मद, काजी इस्लाम र अफिफ हुसेनले १–१ विकेट लिए।
नेपाली टिम:
दीपेन्द्र सिंह ऐरी (कप्तान), आशिफ शेख, जितेन्द्र सिंह, सन्दीप लामिछाने, अनिलकुमार साह, शाहब आलम, रोहित कुमार पौडेल, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।