लन्डन- युरोपा लिगअन्तर्गत इंग्लिस क्लब चेल्सीले क्वार्टरफाइनलको पहिलो लेगमा चेक गणतन्त्रको क्लब स्लाभिया प्रागमाथि कठिन जित हात पारेको छ। चेल्सीले बिहीबार राति भएको खेलमा १-० को जित हात पारेको हो। चेल्सीको जितमा अलन्सोले ८६ मिनेटमा गोल गरेका थिए।
यता अर्को इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नापोलीमाथि २-० को जित हात पारेको छ। आर्सनलका लागि आरोन राम्सेले खेलको १४ मिनेटमा पहिलो गोल गरे। नापोलीका काउलीबालीले २५ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा आर्सनललाई फाइदा पुगेको थियो।
लिगको अन्य खेलमा बेन्फिकाले फ्रान्सफर्टलाई ४-२ र भ्यालेन्सियाले भिल्लारियलाई ३-१ ल पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।