काठमाडौं– एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपाल र बंगलादेशबीच खेल भइरहको छ। मलेसियाको किनरारा ओभलमा टस जितेको बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको छ।
खेल वर्षाका कारण प्रभावित बनेपछि ४३ ओभरमा झारिएको छ। अहिले रोहितकुमार पौडेल र कप्तान दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्। नेपालले २१ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन मात्र बनाएको छ।
नेपालका ओपनर आसिफ शेख ३० रनमा आउट भए। उनले ५२ बल खेलेर ३ चौका प्रहार गरेका थिए। अर्का ओपरन जितेन्द्रसिंह ६ रनमा आउट भए । उनले १९ बल खेल्दा १ चौका प्रहार गरे। यस्तै अनिल शाह १९ रन जोडेर आउट भए। उनले २२ बल खेल्दा ३ चौका हिर्काए।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस्
नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।
बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम : दीपेन्द्र सिंह ऐरी (कप्तान), आशिफ शेख, जितेन्द्र सिंह, सन्दिप लामिछाने, अनिल कुमार शाह, शाहब आलम, रोहित कुमार पौडेलऽ किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।