लिस्बन– शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले साउदी अरेबियालाई ३–० पराजित गरेको छ। खेलमा पोर्चुगलका नियमित कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित थिए।
पोर्चुगलको जितमा म्यानुयल फर्नान्डेजले ३२, गोन्कोडोल गिउनेसले ५२ र जोआओ मारियोले ९०औ मिनेटमा गोल गरेका थिए। दुवै देश फिफा विश्वकप २०१८ का लागि छनोट भएका टिम हुन्।
अर्को खेलमा फ्रान्सले वेल्सलाई २–० ले पराजित गरेको छ। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले १८ र ओलिभर जिरुडले ७१ मिनेटमा गोल गरे।
अन्य खेलमा दक्षिण कोरियाले कोलम्बियालाई २–१, ब्राजिलले जापानलाई ३–१ गोलले हराएका छन्। जर्मनी र इंग्ल्यान्डले गोलरहित बराबरी खेल्दा बेल्जियम र मोक्सिकोले पनि ३–३ को बराबरी खेलेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।