जनकपुर– बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा बँदलेको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् भने ६ जना सामान्य घाइते भएका छन्।
आक्रमणबाट घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि धरान रिफर गरिएको छ।
त्यस्तै सुभास आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए।
बिहीबार बिहान गाँउमा पसेको बँदेलले स्थानीय रबिन्द्र महतोले चलाउँदै गरेको ज ८ प ८७८२ नम्बरको मोटरसाइकलमा र ज १ ह ४५८० नम्बरको अटो रिक्सामा धक्का दिएको थियो।
आक्रमण गर्ने क्रममा पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बलले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयहरूले सुरक्षा वेशमा ढुंगामुढा गरेका थिए।
बँदेलमाथि प्रहरीले गोली किन प्रहार गरेन भन्दै स्थानीयहरूले ढुंगामुढा गर्दा सेन्टीमा बसेको एक जना जवान घाइत भएको सशस्त्र बेस क्याम्प पशुपतिनगरले जनाएको छ।
बँदेललाई सम्बन्धित निकाय र प्रहरीले नियन्त्रणमा लिनुपर्ने हिसाबले प्रहरीलाई दबाब दिन छलफल अगाडि बढाएको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताए।
बँदेलको आक्रमणबाट घाइते भएकाहरूको उपचार खर्चमा ध्यान दिने बर्दिवासका नगर प्रमुख विदुर कुमार कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।