पोलोकवाने– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि सेनेगेल छनोट भएको छ। अफ्रिका छनोटअन्तगर्गत समूह 'डी' को निर्णायक खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेर सेनेगल विश्वकपमा छनोट भएको हो।
सेनेगलको जितमा ड्राफा साकोले १२ मिनेटमा गोल गरेका थिए। दक्षिण अफ्रिकाका मखिजले ३८ मिनेटमा आत्मघाती गोल गरेपछि सेनेगल २–० ले अघि बढ्यो।
जितपछि सेनेगलले समूह 'डी'मा ५ खेलबाट ११ अंक जोड्यो । अन्तिम चरण अघि दोस्रो स्थानको बुर्किना फासो र तेस्रो स्थानकोभर्डे आइल्यान्डको ६–६ अंक मात्र भएपछि सेनेगल छनोट हुन सफल भएको हो।
विश्वकपमा अहिलेसम्म २४ देशले स्थान पक्का गरिसकेका छन्। बाँकी ८ स्थानको टुंग्गो अबको एक साताभित्र लाग्नेछ ।
विश्वकपमा युरोपबाट १० टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
एसियाबाट छनोट भएका देशमा इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्।
दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भएका छन्।
अफ्रिकाबाट नाइजेरिया, सेनेगल र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब २ टिम छनोट हुन बाँकी छ।
बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।