पेरिस, फ्रान्स- युनेस्कोका सदस्य राष्ट्रहरूको शुक्रबारको बैठकले फ्रान्सका पूर्व संस्कृतिमन्त्री आउड्रे एजोलायलाई युनेस्कोको महानिर्देशकका रूपमा चयन गरेको छ।
गत महिना युनेस्को प्रमुखका लागि ४५ बर्षीय एजोलायको नाम मनोनयनमा परेको थियो। एजोलाय युनेस्को प्रमुखको नेतृत्व सम्हाल्ने दोस्रो महिला भएकी छन्। उनलाई १५० मतमध्ये १३१ मत परेको थियो भने विपक्षमा मात्र १९ मत परेको थियो।
आफ्नो पक्षमा अत्यधिक मतदान गरेकोमा आभार प्रकट गर्दै एजोलायले आगामी कार्यकाललाई सहज बनाउने सबैलाई धन्यवाद दिइन्। 'अब हामी काँधमा काँध मिलाएर विश्वमा रहेको संस्कृतिको संरक्षण गर्न लाग्नुपर्छ,' उनले भनिन्।
युनेस्कोसँग विश्वलाई बदल्ने वास्तविक शक्ति रहेको भन्दै उनले आफूलाई युनेस्कोप्रति गहिरो लगाव तथा विश्वास रहेको बताइन्।
युनेस्कोकी प्रथम महिला प्रमुख आइरिना बोकोवालाई यसै महिनाको अन्त्यदेखि कार्यकाल सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।