बोन, जर्मनी- इटालीले विद्युतमा प्रयोग गर्दै आएको कोइलालाई सन् २०२५ सम्म पूर्णतया हटाउने भएको छ।
दिगो तथा प्रतिस्पर्धी ऊर्जा रणनीति कार्यक्रम अनुसार इटाली सरकारले राष्ट्रिय प्रयोगका लागि हुने विद्युतको मागलाई कोइलाबाट ननिकालिने इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीले बताए।
रोममा राष्ट्रिय ऊर्जा रणनीति कार्यक्रम योजनाको हस्ताक्षर समारोहमा आफ्ना वातावरण तथा आर्थिक विकास मन्त्रीले ल्याएको कार्यक्रमको सार्वजनिक गर्दै प्रधानमन्त्री जेन्टिलोनीले यस कार्यक्रमले इटालीमा कोइलाकाको प्रयोगका कारण कार्बन उत्सर्जनमा सन् २०३० सम्म ३९ प्रतिशत र सन् २०५० सम्म ६३ प्रतिशत कमी आउने भनाइ राखे।
यो योजनाका लागि इटालीले विद्युतका लागि आधारभूत भौतिक संरचना, नवीकरणीय ऊर्जा र उर्जा क्षमता विकासमा २०४ अर्ब अमेरिकी डलरको लगानी गर्नेछ।
सन् २०१५ को सरकारी तथ्याङ्क अनुसार इटालीको राष्ट्रिय विद्युत उत्पादनमा कोइलाका कारण १६ प्रतिशत कार्बन उत्सर्जन हुने गर्छ।रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।