• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब नेपाली खेलाडी खाली खुट्टै लिग खेल्न मैदानमा उत्रिए 

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २५, २०७४  ०५:२९
1140x725

बि.सं. १९९५ मा भएको अनधिकृत लिग फुटबल झगडाका कारण बिथोलिएपछि नर शमशेर राणालगायत त्यति बेला फुटबलमा सक्रिय सबैजना चिन्तित थिए। उनीहरुलाई पुनः लिग फुटबल सञ्चालन गर्न ६ वर्ष लाग्यो।

१९९५ मा नर शमशेरको अगुवाइमा पाटनमा अनधिकृत लिग फुटबल आयोजना हुँदा जावलाखेल र ठमेलबीच एउटा खेल भएको थियो। जुन खेलमा जावलाखेलबाट खेलिरहेका नर शमशेरको झगडा परेछ, ठमेलका गजबमानसँग। 

नर शमशेरको एउटा बानी थियो। मैदानमा उत्रिएपछि खेल जित्नै पर्ने। ठमेल विरुद्धको खेल उनी जसरी पनि जित्न चाहन्थे। यही क्रममा नर शमशेरको झगडा परेछ, बेलायती दुतावासमा काम गर्ने र ठमेलबाट फुटबल खेल्ने गरेका गजबमानसँग। त्यो झगडाले त्यति बेला यति ठूलो हंगामा भयो। मैदानमा भएको सामान्य झगडा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाको मन्त्रीमण्डलसम्म पुग्यो। 

यो घटनाबाट त्रृद्ध भएका जुद्धले तत्कालै लिग फुटबल रोक्न आदेश दिए। त्यति बेला शासनको बागडोर सम्हालेका राणाहरुको तर्क थियो, ‘राणाहरु शाषन चलाउने वर्ग हो। उसले जनतासँग झगडा गर्न हुन्न।’

प्रधानमन्त्री जुद्धका छोरा मीन शमशेर र रवि शमशेर पनि फुटबलका सौखिन खेलाडी थिए। यसैले उनीहरुलाई आफ्नो बाबुले लिग फुटबल रोक्न दिएको आदेश मन परेको थिएन्। त्यति बेला जुद्धको अगाडि बोल्ने हिम्मत राख्ने कसले! 

तर पनि यी दुई भाइले आफ्नो अभियान जारी राखे। उनीहरुले आफ्नो बाबुलाई अनेक कुराले प्रभावित तुल्याउन खोज्थे। ६ वर्षको अन्तरालपछि उनीहरु आफ्नो अभियानमा सफल भए। र, जुद्धले वि.सं. २००१ मा लिग फुटबल सञ्चालन गर्ने अनुमति दिए। तर, एउटा सर्तसहित। त्यो सर्त थियो, लिग फुटबल अन्य ठाउँमा नभई सिंहदरबारभित्र गराउनु पर्ने। 

६ वर्षपछि लिग फुटबल पुनः सुचारु हुँदा खेल्ने टोलीको अत्तोपत्तो थिएन। डिल्लीबजारको महावीर क्लब केही सक्रिय थियो। ठमेलको हालत पनि उस्तै। 

तर पनि छोटो अवधिमा क्लबहरु लिग फुटबल खेल्न जुटे। यति बेला महावीर र ठमेलसँगै जावलाखेल, योङ फुटबल संघ (वाइएफए), सिंहदरबार क्लब, सिंहमहल टिम, इन्स्टिच्युट–११ र गुर्खा–११ क्लब अस्तित्वमा देखिए। 

Ncell 2
Ncell 2
nimb
nimb

१९९५ मा सहभागी टोलीमध्ये सिंहमहल टिम, वाइएफए, गुर्खा टोली एकदमै नयाँ क्लबका रुपमा देखा परेका थिए। नर शमशेरले आफ्नो सक्रियतामा छुट्टै गुर्खा–११ टोली निमार्ण गरेका थिए। यसअघि उनी जावलाखेलमा आवद्ध थिए। उनले डिल्लीबजार र न्युरोडवरिपरिका राम्रा खेलाडी छानेर गुर्खा–११ टोली स्थापना गरेका थिए। 

सिंहदरबार क्लब मीन र रवीको अगुवाइमा स्थापना भएको थियो। यो क्लबमा इन्द्र शमशेर, लोक विक्रम शाह, सुरेन्द्र शमशेरजस्ता दिग्गज खेलाडी समावेश थिए। 

यस्तै, इन्स्टिच्युट–११ मा त्यति बेला त्रिचन्द्र कलेजमा अध्ययन गर्ने खेलाडीको जमात थियो। ठमेललाई साम्राज्य शमशेरले तयार पारेका थिए। त्यो टोलीमा मुरारी शमशेरजस्ता खेलाडी आवद्ध थिए। 

सिंहमहल टिममा अर्जुनशमशेर, तेजजंग थापा (पूर्व आर्मी चिफ प्यारजंग थापाका बुवा) जस्ता खेलाडी थिए। यो टोली बालुवाटारस्थित राष्ट्र बैकअगाडि पार्किङ गर्ने स्थानमा अभ्यास गथ्र्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वाइएफए टोलीमा हिमालय शमशेर, मणिराज उपाध्याय, शिवविक्रम राणा, मदन ‘बेबी अस्टिन’, रामराजध्वज जोशी, ध्रुवराजध्वज जोशी, बद्री भण्डारी, माणिक, पूर्णे, बटुक, शशिविक्रम, गुण शमशेर थापालगायतका खेलाडी थिए। क्लबको स्थापना हिमालय शमशेर स्वयंले गरेका थिए। उनले त्यतिबेला लिगमा समावेश नभएको न्युरोड टिममा आबद्ध खेलाडीलाई भेला पारेर टोली निमार्ण गरेका थिए। यो एउटै लिग खेलेपछि क्लब पूर्ण निस्क्रिय भयो। 

‘काका द्रोण शमशेर, भीष्म शमशेर र मृप शमशेरले हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो। र, टिम फर्मेसन पनि गराइदिनुहुन्थ्यो,’ ७३ वर्ष अगाडिको कुरा सम्झन्छन्, नेपालका पहिलो राष्ट्र बैकका गर्भनर हिमालय शमशेर। 

२००१ सालको अनाधिकृत लिगको उपाधि नरशमशेरको गुर्खा–११ टोलीले जितेको थियो। 

१९९५ मा लिग जित्ने अभियान पूरा नभएपनि नर शमशेरको कडा प्रयासपछि उनको टोली अनधिकृत लिग जित्न सफल भयो। 

‘नरशमशेर मैदानमा उत्रिएपछि उनलाई कुनै पनि हालता जित्नैपर्ने बानी थियो। उनी आफ्नो टोली तयार गर्दा राम्रा खेलाडीको खोजी गर्थे,’ विद्या व्यायामका पूर्व खेलाडी दिलेन्द्रवीर पाण्डे सम्झन्छन्। 

२००१ सालको अनधिकृत लिग फुटबलमा पहिलेजस्तो झगडा हुन पाएन। लिगका सम्पूर्ण खेल सिंहदरबारभित्र भएका कारण निकै अनुशासित भयो। 

खेल सञ्चालन भएको बेला सर्वसाधारणका लागि डेढ घन्टा सिंहदरबारको गेट खुला गर्ने गरिन्थ्यो। त्यति बेला प्रत्येक खेल १ घन्टाको हुन्थ्यो। सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिएका थिए। 

‘सबै खेलाडीसँग जुत्ता हुने कुरा भएन। त्यति बेला जुत्ता लगाएर खेल्नुपर्छ भन्ने पनि थिएन। त्यसैले हामीले खाली खुट्टै खेल्यौं,’ हिमालय शमशेर सम्झन्छन्। 

त्यति बेलाको फुटबल अहिले जस्तो थिएन। पहिले ब्लाडरमा हावा भरेर बाहिरबाट छालाले बेरेर तुना बाँध्नुपथ्र्यो। 

लिगमा रेफ्रीको भूमिका महेन्द्रविक्रम शाह (नीर शाहका काका) ले निभाएका थिए। उनले कोलकातामै पढ्दा फुटबलसम्बन्धी ज्ञानआर्जन गरेका थिए। 

लामो मेहनतपछि अनधिकृत लिग जितेका नर शमशेरले उपाधि जितेवापत ठूलो भोजको आयोजना गरेका थिए। यसअघि पनि लिग आयोजना नहुँदा उनकै सक्रियतामा कहिले सिंहदरबार त कहिले लक्ष्मी निवास, कहिले सिंहमहल त कहिले बबरमहलमा मैत्रीपूर्ण फुटबलको आयोजना हुन्थ्यो। र, खेल सकिएपछि मैत्रीपूर्ण खेल भएको राणाहरुको महलमा भोज ख्वाउने चलन थियो। 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ
सम्बन्धित सामग्री
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? भेटवार्ताका क्रममा विपद् प्रतिकार्य, विपद् पीडित पहिचान तथा सो क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल तथा कुराक... मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४० जनालगायतका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्