काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत अगस्टमा सञ्चालन गरेको एएफसी 'ए' कोचिङ कोर्षमा थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईं उत्कृष्ट बनेका हुन्।
२९ दिनसम्म चलेको कोर्षमा सहभागी भएका २० जना पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई पछि पारेर प्रदीप पहिलो भएको एन्फाले जनाएको छ। एन्फाले 'ए' कोचिङ कोर्ष सञ्चानल गरेको यो दोस्रो पटक हो । गत वर्षको ब्याचमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी कुमार थापा पहिलो भएका थिए।
प्रदीपले सन् २०१२–१३ को 'ए' डिभिजन लिगमा थ्री स्टार क्लबलाई लिग जिताएका थिए। पहिलो पटक 'ए' डिभिजन क्लब सम्हालेकै वर्ष थ्री स्टारलाई लिग च्याम्पियन बनाएपछि उनी उत्कृष्ट प्रशिक्षक समेत बन्न सफल भएका थिए।
हाल अमेरिका बस्दै आएका प्रदीप पेन्सलभानियाको किस्टोन एथलेटिक क्लबको प्रमुख प्रशिक्षक भएको दाबी छ ।
कोर्षमा सहभागी २१ मध्ये १५ जना मात्र उत्तिर्ण भएका छन्। उत्तिर्ण भएकालाई एन्फाले शुक्रबार प्रमाणपत्र वितरण गरेको छ। कोर्ष एएफसीका प्रतिनिधि इरानी नागरिक नाडेर अरबीले सञ्चालन गरेका थिए। फिफाले राष्ट्रिय टिमको प्रशिक्षक बन्नका लागि 'ए' कोचिङ कोर्ष अनिवार्य गरेको छ। साथै एएफसीले पनि पहिलो श्रेणीको लिगको प्रशिक्षक बन्न 'ए' कोचिङ कोर्ष अनिवार्य गरेको हुनु पर्ने नियम बनाएको छ।
कोर्ष पूरा गरेका प्रशिक्षक
प्रदीप हुमागाईं
प्रवेश कटवाल
किशोर कुमार केसी
नवीन महर्जन
दर्शन भक्तराज
विजय महर्जन
सुमन श्रेष्ठ
मनोज रन्जित
प्रज्वल प्रताप क्षेत्री
सन्जित सिंह
विकास डंगोल
सनोज श्रेष्ठ
चक्र तामाङ
सुलभजंग राणा
किरण श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।