काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि प्राधिकरणले बन्द गर्ने निर्णय गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र रोक्नका लागि निर्देशन दिएको छ।
पब्जी अनलाइनमा गेम हो।
धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।
यसअघि भारतका विभिन्न स्थानमा यो गेम प्रतिबन्ध लगाएको हो।
केही दिनअघि मात्रै एक अभिभावको समूह महानगरीय प्रहरी अपराध महाशाखामा आएर उक्त खेल प्रतिबन्ध लगाइदिन भन्दै आग्रह गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
यसलाई सरकारले नियमन गर्नुपर्ने भन्दै प्रहरीले सुझाव समेत दिइसकेको थियो।
पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको एउटा एप हो। यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन्।
सन् २०१७ मा सुरु भएको यो खेल गत डिसेम्बरसम्म २ सय मिलियन डाउनलोड भइसकेको छ।
यो पनिः 'पबजीकै कारण बच्चाको ज्यान जाने भयो' भन्दै अभिभावक पुगे प्रहरी कार्यालय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।