काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्। पिएसएलले शुक्रबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपसहित ५ सय १ खेलाडी समेटिएका छन्।
ड्राफ्टमा परेका खेलाडीको अन्तिम छनोट आगामी आइतबार हुने पिएसएलले जनाएको छ।
ड्राफ्टमा सन्दीप सिल्भर क्याटागेरीमा परेका छन्। ड्राफ्टमा परेका खेलाडीलाई प्लाटिनम, डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटागोरीमा राखिएको छ।
आगामी फेब्रुअरीमा हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वारान्डर्स, मुल्तान सुल्तान, पेसावर जल्मी र क्युता ग्लाडिएर छन्। प्रत्येक टिममा १६ जना खेलाडी हुनेछन्। जहाँ ९ खेलाडी यसअघि नै छनोट भइसकेका छन्। अब बाँकी खेलाडी ड्राफ्टबाट छनोट हुनेछन्।
यो पनि : जसको खेल माइकल क्लार्क पछ्याउँछन्
ड्राफ्टमा सन्दीपसँगै क्रिस लियोन, जेपी डुमिनी, इमरान ताहिर, कार्लोस बाथवेट, सेन वाट्सन, ड्वाइन ब्राभो, एन्जेलो म्याथ्यु, मिचेल जोनसन, लुक रोची, अदिल खान, थिसार परेरा लगायत छन्।
सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि टिममा छनोट हुन असफल भएका थिए। सन्दीप हाल यु–१९ एसिया कप खेल्न मलेसियामा छन्। उनी सिनियर टिमका लागि पनि भरपर्दा बलर हुन्।
ड्राफ्टको लिस्ट हेर्न यो यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।