काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी जेठ पहिलो साता हुने भएको हुने भएको छ।
यसअघि क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले प्रतियोगिता यहि चैत २२ देखि ३० गतेसम्म गर्ने घोषणा गरेको थियो। प्रतियोगिता प्राविधिक कारणले तोकिएको मिति हुन नसकेको आयोजकले जनाएको छ।
आयोजकले अब प्रतियोगिता आगामी जेठ ३ देखि ११ गतेसम्म हुने बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको हो। प्रतियोगितामा सहभागी टिमहरु, मार्की प्लेयर र लोगो भोलि शुक्रबार घोषणा गर्ने आयोजकले जनाएको छ।
क्विन्स इभेन्टले यसअघि गत कात्तिकमा पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। नेपालमा पुरुष क्रिकेट मात्र नभई महिला क्रिकेट खेलको विकासमा पनि सहयोग पुर्याउन महिला टी–२० लिग आयोजना गर्न लागिएको क्विन्स इभेन्टसको भनाइ छ।
प्रतियोगितामा ५ सहरका ५ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ। खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। पाँच टिमले खेलाडी आवद्ध गर्ने प्रक्रियाको विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ। लिगमा नेपाली खेलाडीको मात्र सहभागिता रहनेछ। यस्तै टिममा मार्की खेलाडी र आबद्ध हुने अन्य खेलाडीले निश्चित रकम पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।