काठमाडौं– शुक्रबारबाट मलेसियामा सुरु भएको एसिसी यू–१९ एसिया कपमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको समूहमा 'ए' मा रहेका नेपाल र बंगलादेशबीच किनरारा ओभलमा नेपाली समयअनुसार विहान ७ बजेबाट सुरु हुनेछ।
नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।
यता समूह 'ए' अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ३ सय १० रन जोडेको थियो। भारतका लागि कप्तान हिमांशु रानाले ६८ रनको योगदान गरे। जवाफि ब्याटिङ गरेको मलेसिया ३७.१ ओभरमा १ सय ८ रनमा अलआउट भयो।
समूह 'बी' को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका छन्। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हरायो। पहिले ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५८ रनमा अलआउट भयो। अफगानिस्तानले ९. १ ओभरमा ३ विकेटको क्षतिमा पार गर्योि। अर्को खेलमा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ।
नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।