• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डाउन सिन्ड्रोमका २७ लक्षण, के यो निको हुन्छ?

64x64
नेपाल लाइभ बिहीबार, चैत २८, २०७५  १२:५८
1140x725

डाउन सिन्ड्रोम जन्मजात अवस्था हो। बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। तर डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीको जन्म हुनुमा कुनै अभिभावकको मात्र दोष हुँदैन। 

डाउन सिन्ड्रोमको अवस्थामा मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा बढी क्रोमोजोम हुने गर्दछ। सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन्। तर डाउन सिन्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन्। यो एउटा बढी क्रोमोजोम २१औं जोडीका रुपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ। यो अवस्था छोरा र छोरी  दुवैमा बराबर हुने सम्भावना रहन्छ। 

एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार यो अवस्था बुवा तथा आमामध्ये जसको वंशबाट पनि बच्चामा आउन सक्दछ र आमाको उमेर ३५ वर्ष नाघेपछि गर्भधारण गर्दा यस अवस्थाका बच्चाहरुको जन्म हुने सम्भावना बढी रहन जान्छ। अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार प्रत्यक ६ सय ९१ बच्चाको जन्मक्रममा एक जना डाउन सिन्ड्रोम अवस्थाको बच्चा जन्मिने गर्दछ।

डाउन सिन्ड्रोमको पहिचान 
डाउन सिन्ड्रोम भएका बच्चाहरुमा केही लक्षणहरु स्पष्ट देखिन्छन्। जसबाट  तापनि निश्चित गर्न भने क्रोमोजोम परीक्षण गर्नुपर्दछ। जसलाई क्यारियोटाइपिई परीक्षण भनिन्छ। बच्चाहरु ठूलो हुँदै गएपछि यिनीहरुको अनुहार तथा शारीरिक बनोटमा धेरै समानता देखिन थाल्दछ। 

डाउन सिन्ड्रोम अवस्थामा देखिने लक्षणहरु
–जन्मँदा कम तौल हुने 
–जोर्नीहरु खुकुलो हुने 
–मांसपेशीहरु खुकुलो हुने 
–अनुहार गोलो हुने 
–आँखा अलि छड्के हुने 
–नाक सानो र डाँडी नहुने
–खाने मुख सानो देखिने 
–मुखभित्रको तालुमा गहिरो खाल्डो देखिने
–जिब्रो प्राय: बाहिर निकालिरहने
–जिब्रो चुसिरहने
–जिब्रो मोटो र फुटेको जस्तो देखिने 
–कान सानो हुने 
–टाउको सानो र पछाडिको भाग फराकिलो हुने 
–दाँत मिलेर नआउने र कुनैकुनै आउँदै नआउने 
–हात र खुट्टाको पाखुरा र पिडौँलाको लम्बाइ छोटो हुने 
–छाती परेवाको जस्तो उठेको हुने 
–पेट केही ठूलो आकारको हुने 
–हातखुट्टा भ्यात्त परेको हुने 
–औंला छोटो र मोटो हुने 
–गर्दन छोटो र मोटो हुने 
–छाला सुक्खा र एलर्जी छिट्टै देखापर्ने 
–खुट्टाको बूढीऔंला र अरु औंलाबीचको दुरी बढी हुने 
–उचाइ कम हुने 
–शारीरिक तथा मानसिक विकासमा सुस्तता अर्थात् मन्दता 
–हाडजोर्नी खुकुलो र फितलो जिउ 
–हत्केलाको मध्यभागमा एउटा मात्र रेखा 
–हातको कान्छी औँलाको बीचको जोर्नी सानो हुने र त्यहाँ रेखा नहुने 

Ncell 2
Ncell 2

माथि उल्लिखित लक्षणहरु डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीहरुमा पूर्ण वा आंशिक रुपमा देखा पर्न सक्छन्। 

के डाउन सिन्ड्रोम निको हुन्छ?
डाउन सिन्ड्रोम भनेको रोग होइन र यो कसैलाई सर्दैन। यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो। जुन जन्मजात बच्चासँगै आएको हुन्छ। यस विषयमा अन्तर्राष्ट्रिय  स्तरमा अनुसन्धान जारी नै छ तर अझैसम्म पनि यसलाई निको पार्ने तरिका पत्ता लागिसकेको छैन। 

के डाउन सिन्ड्रोम अवस्थाका केटाकेटी तथा व्यक्तिहरु स्वस्थ्य हुन्छन्?

यी बच्चाहरुको स्वास्थ्य सामान्य स्तरमा राम्रै हुन्छ तर केही स्वास्थ्य समस्याका कुराहरु छन्। जुन यी बच्चाहरुमा देखिनु स्वाभाविक मानिन्छ। त्यसैले हरेक अभिभावकहरुले आफ्नो घरमा यी अवस्थामा बच्चाको जन्म भइसकेको स्थितिमा यस विषयमा जानकारी लिनु अति नै आवश्यक हुन्छ। आफ्ना बच्चाहरुलाई समय समयमा जाँच गराइराख्न पनि अत्यन्तै जरुरी छ। बच्चाहरुको जाँच निश्चित समयको फरकमा नियमित गर्नुपर्छ। जसले गर्दा कुनै पनि समस्या समयमै पत्ता लागोस् र समयमा नै त्यसको उपचार गराई बच्चाको जीवन सुरक्षित पार्न सकियोस्। 

डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुलाई यस्ता शारीरिक र बौद्धिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रमहरु मार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मुख्यतः निम्न विशेषज्ञहरुको सहयोग चाहिन्छ।

  • अभिभावक (आमा, बाबु ,भाइ, बहिनी )
  • डाक्टर
  • फिजियोथेरापिष्ट
  • स्पिचथेरापिष्ट
  • अकुपेशनल थेरापिष्ट
  • म्युजिक थेरापिष्ट
  • डान्स थेरापिष्ट
  • भोकेसनल थेरापिष्ट 
  • व्यावहारिक थेरापिष्ट 
  • विशेष शिक्षक/शिक्षिका

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य सामान्य घट्यो
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन
सुदनले भने: कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
सुनको मूल्य सामान्य घट्यो सोमबार, पुस १४, २०८२
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन सोमबार, पुस १४, २०८२
सुदनले भने: कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन सोमबार, पुस १४, २०८२
कांग्रेसको आज पनि कार्यसम्पादन समिति बैठक जारी सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्