काठमाडाैं- नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति तथा सांसद रूद्रमणि शर्मा भण्डारीको निधनप्रति कांग्रेसले पार्टीलाई अपुरणीय क्षति पुगेको जनाएको छ।
‘स्वर्गीय भण्डारीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ’, कांग्रेसद्वारा जारी शोक वक्तव्यमा भनिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत दिवंगत भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा भएको स्मरण गरेका छन्।
७२ वर्षीय भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी निधन भएको थियो। गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका-१, च्यानडाँडामा दुर्घटनामा परेको थियो। उक्त जीपमा भण्डारी सहित ८ वर्षीय बालक ओश्कर विककोे मृत्यु भएको थियो।
गुल्मीको धुर्कोट गाउँपालिका निवासी भण्डारी २०४८ सालमा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। भण्डारीका दुई श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।