विराटनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैचामा कारले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।
सुन्दरहरैचा नगरपालिका-४, बुधबारे चोकमा पश्चिम जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार राति ९ बजे ठक्कर दिएको थियो। ठक्करबाट इटहरी-८ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका ८ का २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलमा सवार २२ वर्षीय हेम चौधरी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारकै क्रममा हेमको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
प्रकाशको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।