मस्को– फिफा विश्वकप फुटबल २०१८ मा खेलिने 'अफिसियल बल' सार्वजनिक गरिएको छ।
बलको नाम टेलस्टार १८ नाम दिइएको छ। बल एडिडासले बनाएको हो। सन् १९७० को विश्वकपमा प्रयोग भएको बलको स्वरुपलाई परिमार्जन गरेर नयाँ बल बनाइएको फिफाले जनाएको छ। परिमार्जित बलले १९७० को विश्वकप सम्झना गराउने फिफाले विश्वास लिएको छ। सन् १९७० को विश्वकपमा महान् खेलाडी पेले, गल मुलर, पेड्रो रोचा, बबी लगायतका खेलाडी सहभागी थिए।

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले नयाँ बल सार्वजनिक गरेका थिए। मेसीले मस्कोमा आयोजित बल सार्वजनिक गरेपछि अरु खेलाडीभन्दा पहिल्यै बलको बारेमा थाहा पाउनु भाग्यमानी ठानेको बताए। उनले बलको डिजाइन र कलर मन परेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।