म्यानचेस्टर- युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो खेलमा स्पेनिस महारथी बार्सिलोनाले जित हात पारेको छ। बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो।
खेलको १२ मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो। खेलको १२ मिनेटमा म्यानचेस्टरका लुक शाले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनालाई फाइदा पुगेको थियो। बार्सिलोनाका लुइस सुआरेजको हेडर रोक्ने क्रममा शाले आफ्नै पोस्टमा गोल गरेका थिए।
अवे खेलमा जित हात पारेसँगै बार्सिलोनालाई फाइदा पुगेको छ। अन्तिम चारमा पुग्न बार्सिलोनालाई अब बराबरी काफी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।