• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'२७ वर्षपछि अब डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २४, २०७४  १३:५७
1140x725

प्रदेश ७ का प्रभावशाली नेताको सूचीमा माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पर्छन्। संसदीय निर्वाचनमा उनी तीन पटक प्रतिस्पर्धामा उत्रिँदैछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई पटक पराजय बेहोरेका भट्ट तेस्रो पटक उनैसँग भिड्दैछन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा १५ सय मतले पराजित उनी २०७० सालमा १२ हजार मतान्तरले पराजित भए। यसपटक वाम गठबन्धनको पक्षमा मत बढी देखिएकाले उनी आशावादी पनि छन्। स्थानीय तहको मतका हिसाबले वाम गठबन्धन झन्डै साढे ८ हजार मतले अघि छ। वडाका हिसाबले ३५ मा माओवादी-एमाले र १७ मा मात्रै कांग्रेसले जितेको छ। सदरमुकाम रहेको अमरगढी नगरपालिका भने पहिलोपल्ट एमाले विजय भएको छ। यस हिसाबले यो निर्वाचन प्रधानमन्त्री देउवाका लागि सहज छैन। 

के खगराजले डडेल्धुरामा राज गर्न सक्लान् त? नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीः

Ncell 2
Ncell 2
nimb
nimb

दुई पटक हार्नुभएको तपाईंले यसपल्ट प्रधानमन्त्री देउवालाई पराजित गर्न सक्नुहुन्छ?
डडेल्धुरावासी पहिलोपल्ट परिवर्तनका लागि यति धेरै उत्साहित भइरहेको पाएको छु। २७ वर्षदेखि लगातार देउवालाई जिताइरहेका जनताको अनुहारमा परिवर्तनको उत्कट चाहना देखेको छु। यसअघि उनलाई जिताउनुमा डडेल्धुरावासीमा शक्तिको स्वार्थ पनि थियो। अहिले उनको व्यक्तित्वमा क्षयीकरण हुँदै गएको छ। उनी शक्तिमा रहने अवस्थाको अन्त्य भएको छ। अब उनलाई जिताएर डडेल्धुरावासीले केही पनि पाउनेछैनन्। वाम गठबन्धनसँग अहिले साढे ८ हजार मत बढी छ। यो मेरो जितका लागि ठूलो आधार हो।

दोस्रो संविधानसभा निर्वाचनमा १२ हजार मत अन्तरले पराजय बेहोर्नुभएको तपाईंलाई जित सहज होला र?
यसको सान्दर्भिक विवेचना गर्नुपर्छ। २०६४ सालको निर्वाचनमा हाम्रो धेरै मत बदर भयो। मत बदर नभएको भए मैले जितिसकेको थिएँ। पहिलो संविधानसभा निर्वाचनमा जनताको मन मैले जितेँ, कानुनी रुपमा देउवाले चुनाव जिते। २०७० सालमा हाम्रो पार्टी एकदमै विवाद र समस्यामा थियो। त्यो बेला पनि ‘मत गणनास्थल छाडेर हिँड’ भन्ने हाम्रो पार्टी केन्द्रको निर्देशन नभएको भए नतिजा पक्षमा नभए पनि अन्तर ठूलो हुँदैनथ्यो। अहिले परिस्थिति नै बेग्लै छ। वामपन्थी पार्टीहरुको राजनितिक मात्र होइन, यहाँ भावनात्मक एकता छ।
कांग्रेसीहरु समेत डडेल्धुरमा शेरबहादुरको विकल्प खोज्न रणनीतिक रुपमा अघि बढिरहेका छन्। शेरबहादुरले यहाँका कांग्रेसका इमानदार नेताहरुको राजनीतिक जीवन नै सक्ने अवस्थामा पुर्याएका कारण पनि यसपल्ट उनीहरु रणनीतिक निर्णय लिँदैछन्। डडेल्धुरावासीले नामका आधारमा होइन, कामका आधारमा मूल्यांकन गर्छन्। २७ वर्षपछि डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निर्वाचन सत्ताका कारण पनि प्रभावित बन्न पुग्छ। आफ्नै हातमा सत्ता रहेका देउवाले पराजय बेहोर्लान् त?
२०४८ सालमा आफैंले गरेको निर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। २०६४ सालको निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भयो तर कांग्रेसले हारेको थियो। २०७० को निर्वाचनमा कृष्णप्रसाद सिटौला आफैं गृहमन्त्री थिए तर हारे। देउवा नेतृत्वमा भए पनि प्रहरी र प्रशासन उनको पक्षमा लाग्ने देखिँदैन। अबको एक-डेढ महिनामै वामपन्थी सरकार आउने सबैलाई ज्ञात भएकाले शेरबहादुरका निम्ति आफूलाई हानि हुने निर्णय लिन कोही अघि बढ्नेवाला छैनन्। जनता सचेत भइसकेको अवस्थामा बाहुबल र धनबलले प्रभाव पार्न सकिँदैन। यसपल्ट देउवाले जनताको परिवर्तनका चाहनालाई कुनै तरिकाले पनि प्रभावित पार्न सक्दैनन्।

यति लामो समय सरकार र सत्तामा बसेका देउवाको विपक्षमा डडेल्धुरावासी यति सजिलै उभिएलान् र?
जनमत वामपन्थीसँगै बढी छ। वामपन्थी भए पनि ‘हेभीवेट’ प्रभावमा देउवालाई मत दिनेले यसपल्ट त्यसो गर्दैनन्। यसअघि उनलाई जिताए केही भइहाल्छ कि भन्ने आशा थियो। त्यो यसपल्ट टुटेको छ। निर्वाचनपछि ठूलो शक्ति त वाम गठबन्धन हुँदैछ। केन्द्र र प्रदेशमा उसैको सरकार बन्छ भन्ने पनि जनतालाई थाहा छ। चारपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिले गृहजिल्लालाई बेवास्ता गरेको असन्तुष्टिले नै म २०६४ को निर्वाचनमा जितको संघार नजिक पुगेको हुँ। कांग्रेसभित्र यो तहको असन्तुष्टि र उकुसमुकुस यसअघि कहिल्यै देखिएको थिएन। आफ्नै पार्टीका कार्यकर्ता विपक्षमा रहेका बेला अरु उनको समर्थनमा उभिनेछैनन्।

शेरबहादुरको विकल्पमा तपाईंलाई जिताए डडेल्धुरावासीका लागि के गर्नुहुन्छ?
२७ वर्षमा देउवाले गर्न नसकेको काम म पाँचै वर्षमा गर्छु। डडेल्धुरावासीमा राजनीतिक स्वतन्त्रता महसुस गराउँछु। समृद्धि र स्थिरताकै लागि वामपन्थी एक ठाउँ आएका हौं। डडेल्धुराका जनताले देखेको परिवर्तनको सपना साकार पार्छु।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्