• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'२७ वर्षपछि अब डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २४, २०७४  १३:५७
1140x725

प्रदेश ७ का प्रभावशाली नेताको सूचीमा माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पर्छन्। संसदीय निर्वाचनमा उनी तीन पटक प्रतिस्पर्धामा उत्रिँदैछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई पटक पराजय बेहोरेका भट्ट तेस्रो पटक उनैसँग भिड्दैछन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा १५ सय मतले पराजित उनी २०७० सालमा १२ हजार मतान्तरले पराजित भए। यसपटक वाम गठबन्धनको पक्षमा मत बढी देखिएकाले उनी आशावादी पनि छन्। स्थानीय तहको मतका हिसाबले वाम गठबन्धन झन्डै साढे ८ हजार मतले अघि छ। वडाका हिसाबले ३५ मा माओवादी-एमाले र १७ मा मात्रै कांग्रेसले जितेको छ। सदरमुकाम रहेको अमरगढी नगरपालिका भने पहिलोपल्ट एमाले विजय भएको छ। यस हिसाबले यो निर्वाचन प्रधानमन्त्री देउवाका लागि सहज छैन। 

के खगराजले डडेल्धुरामा राज गर्न सक्लान् त? नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीः

Ncell 2
Ncell 2

दुई पटक हार्नुभएको तपाईंले यसपल्ट प्रधानमन्त्री देउवालाई पराजित गर्न सक्नुहुन्छ?
डडेल्धुरावासी पहिलोपल्ट परिवर्तनका लागि यति धेरै उत्साहित भइरहेको पाएको छु। २७ वर्षदेखि लगातार देउवालाई जिताइरहेका जनताको अनुहारमा परिवर्तनको उत्कट चाहना देखेको छु। यसअघि उनलाई जिताउनुमा डडेल्धुरावासीमा शक्तिको स्वार्थ पनि थियो। अहिले उनको व्यक्तित्वमा क्षयीकरण हुँदै गएको छ। उनी शक्तिमा रहने अवस्थाको अन्त्य भएको छ। अब उनलाई जिताएर डडेल्धुरावासीले केही पनि पाउनेछैनन्। वाम गठबन्धनसँग अहिले साढे ८ हजार मत बढी छ। यो मेरो जितका लागि ठूलो आधार हो।

दोस्रो संविधानसभा निर्वाचनमा १२ हजार मत अन्तरले पराजय बेहोर्नुभएको तपाईंलाई जित सहज होला र?
यसको सान्दर्भिक विवेचना गर्नुपर्छ। २०६४ सालको निर्वाचनमा हाम्रो धेरै मत बदर भयो। मत बदर नभएको भए मैले जितिसकेको थिएँ। पहिलो संविधानसभा निर्वाचनमा जनताको मन मैले जितेँ, कानुनी रुपमा देउवाले चुनाव जिते। २०७० सालमा हाम्रो पार्टी एकदमै विवाद र समस्यामा थियो। त्यो बेला पनि ‘मत गणनास्थल छाडेर हिँड’ भन्ने हाम्रो पार्टी केन्द्रको निर्देशन नभएको भए नतिजा पक्षमा नभए पनि अन्तर ठूलो हुँदैनथ्यो। अहिले परिस्थिति नै बेग्लै छ। वामपन्थी पार्टीहरुको राजनितिक मात्र होइन, यहाँ भावनात्मक एकता छ।
कांग्रेसीहरु समेत डडेल्धुरमा शेरबहादुरको विकल्प खोज्न रणनीतिक रुपमा अघि बढिरहेका छन्। शेरबहादुरले यहाँका कांग्रेसका इमानदार नेताहरुको राजनीतिक जीवन नै सक्ने अवस्थामा पुर्याएका कारण पनि यसपल्ट उनीहरु रणनीतिक निर्णय लिँदैछन्। डडेल्धुरावासीले नामका आधारमा होइन, कामका आधारमा मूल्यांकन गर्छन्। २७ वर्षपछि डडेल्धुरा शेरबहादुरमुक्त हुँदैछ।

निर्वाचन सत्ताका कारण पनि प्रभावित बन्न पुग्छ। आफ्नै हातमा सत्ता रहेका देउवाले पराजय बेहोर्लान् त?
२०४८ सालमा आफैंले गरेको निर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। २०६४ सालको निर्वाचन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भयो तर कांग्रेसले हारेको थियो। २०७० को निर्वाचनमा कृष्णप्रसाद सिटौला आफैं गृहमन्त्री थिए तर हारे। देउवा नेतृत्वमा भए पनि प्रहरी र प्रशासन उनको पक्षमा लाग्ने देखिँदैन। अबको एक-डेढ महिनामै वामपन्थी सरकार आउने सबैलाई ज्ञात भएकाले शेरबहादुरका निम्ति आफूलाई हानि हुने निर्णय लिन कोही अघि बढ्नेवाला छैनन्। जनता सचेत भइसकेको अवस्थामा बाहुबल र धनबलले प्रभाव पार्न सकिँदैन। यसपल्ट देउवाले जनताको परिवर्तनका चाहनालाई कुनै तरिकाले पनि प्रभावित पार्न सक्दैनन्।

यति लामो समय सरकार र सत्तामा बसेका देउवाको विपक्षमा डडेल्धुरावासी यति सजिलै उभिएलान् र?
जनमत वामपन्थीसँगै बढी छ। वामपन्थी भए पनि ‘हेभीवेट’ प्रभावमा देउवालाई मत दिनेले यसपल्ट त्यसो गर्दैनन्। यसअघि उनलाई जिताए केही भइहाल्छ कि भन्ने आशा थियो। त्यो यसपल्ट टुटेको छ। निर्वाचनपछि ठूलो शक्ति त वाम गठबन्धन हुँदैछ। केन्द्र र प्रदेशमा उसैको सरकार बन्छ भन्ने पनि जनतालाई थाहा छ। चारपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिले गृहजिल्लालाई बेवास्ता गरेको असन्तुष्टिले नै म २०६४ को निर्वाचनमा जितको संघार नजिक पुगेको हुँ। कांग्रेसभित्र यो तहको असन्तुष्टि र उकुसमुकुस यसअघि कहिल्यै देखिएको थिएन। आफ्नै पार्टीका कार्यकर्ता विपक्षमा रहेका बेला अरु उनको समर्थनमा उभिनेछैनन्।

शेरबहादुरको विकल्पमा तपाईंलाई जिताए डडेल्धुरावासीका लागि के गर्नुहुन्छ?
२७ वर्षमा देउवाले गर्न नसकेको काम म पाँचै वर्षमा गर्छु। डडेल्धुरावासीमा राजनीतिक स्वतन्त्रता महसुस गराउँछु। समृद्धि र स्थिरताकै लागि वामपन्थी एक ठाउँ आएका हौं। डडेल्धुराका जनताले देखेको परिवर्तनको सपना साकार पार्छु।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्