काठमाडौं– आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे।
पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे। प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।