संखुवासभा- संखुवासभाको सिलिचुङ गाउँपालिका-२ मा गोरखा वेलफेर ट्रस्ट र स्थानीय उपभोक्ताको श्रमदानमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ।
कुल लागत १ करोड ३९ लाख रहेको खानेपानी योजनाबाट ९९ घरधुरी र एक वटा विद्यालय लाभान्वित हुनेछन्।
तर विभिन्न अभिलेखमा श्रमदान गर्नेको नाम उल्लेख नगरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
करिब ७ सय जनसंख्या प्रत्यक्ष लाभान्वित हुने योजना निर्माणस्थल संखुवासभाको दुर्गम ठाउँ हो।
खानेपानीको समस्याबाट पीडित स्थानीयहरू योजना सम्पन्न भएपछि खुशी व्यक्त गरेका छन्।
स्थानीय उपभोक्त समितिको श्रमदान र वेलफेर ट्रस्ट धरानको सामग्रीका लागि आर्थिक र प्रविधिक सहयोगमा मंसिरमा सुरु भएको योजनाको निर्माण काम चैत्र २७ मा समापन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।