नयाँ दिल्ली- नयाँ दिल्लीमा देखिएको वातावरण प्रदूषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँच दिनका लागि जोरबिजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ।
यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ।
'जोरबिजोर नियम लागू भएपछि राजधानी नयाँ दिल्लीमा बिहान ८ बजेदेखि बेलुका ८ वजेसम्म एक दिन जोर नम्बर प्लेट भएका गाडी र अर्को दिन बिजोर नम्बर प्लेट भएका गाडी गुड्नेछन्,' दिल्लीका यातायात मन्त्री कैलास गाहलटले भने, 'महिलाले चलाउने गाडी र दुईपाङ्ग्रे गाडीलाई भने जोर बिजोर नियम बाध्यकारी रहनेछैन।'
वातावरणको विषयलाई मध्यनजर गर्दै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न आग्रह पनि गरे।
दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेसनलाई पाँच सय बसलाई भाडामा लिएर जोर बिजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा सहज सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ। रासस/पिटिआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।