बेइजिङ, चीन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेका छन्।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै ट्रम्पले भने, 'हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ।'
अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका लागि विशेष भोजको आयोजना गरिएको थियो।
चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रुवरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्टभूमिमा देखाइएको थियो।
त्यसैगरी चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताए। सो अवसरमा सीले दुई देशले 'सीमित चुनौती र विकासका लागि अनन्त सम्भावना' सामना गरिरहेको बताए।
समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले चीनसँग व्यापार सम्झौताका बिषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुरिएको बताए। टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्।
यसपहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँगे व्यापार घाटा बेहोर्नुपरेको बताएका थिए। तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताउँदै भने, 'आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न मिल्दैन।'
यसमा विगतका अमेरिकी प्रशासनहरु नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दावी थियो। ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मेहनत गर्न पनि अनुरोध गरेका छन्। नुभएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।