मेलवर्न– भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियसन भिएनसीएको आयोजनमा अष्ट्रेलियाको मेलवर्न हुने टी-१० प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्।
एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको मुख्य प्रायोजनमा अप्रिल १३ र १४ तारिकमा मेलवर्नको बोइङ रिजर्भ हुनेछ। तीन लाख रुपैयाँ राशीको पुरस्कारका लागि आठ वटा टोलीबीच खेल हुने भिएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी यश्वन्त सुवेदीले बताए।
प्रतियोगितामा एक्सपर्ट क्रिकेट क्लब, सगरमाथा ए, सगरमाथा बी, गोर्खाली क्रिकेट क्लब, द हिमालयन क्रिकेट क्लब, रोयन राइनोज, नारे किङ्गस र ब्रिलियन्ट क्रिकेट कल्ब मैदानमा उत्रने भएका हुन्।
यसअघि एकदिवसीय र टीट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी-१० स्वरुपमा प्रतियोगिता गरेको हो। प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गर्न लागिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भीएनसीका अध्यक्ष यश्वन्त सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।