लहान– सिरहाको घुर्मी खोला किनारमा खाल्टो खनेर पुरी राखेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको गस्ति टोलीले कल्याणपुर नगरपालिका-२, चतरीघाट स्थित खोला किनारबाट बन्दुक बरामद गरेको हो। खाल्टोमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बन्दुक कसले र किन खोलामा गाडेर राखेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।