जनकपुर- रातु नदीमा तैरिरहेको अवस्थामा एक पुरूषकाे शव फेला परेकाे छ। आज बिहान स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको छ।
अन्दाजी २५ वर्षीय युवाको शव भेटिएको हो। जलेश्वर नगरपालिका–७ को बखरी बेलाको सीमास्थित रातु नदीमा भेटिएकाे शव मधेशी मुलका व्यक्तिको भएकाे बताइए पनि हालसम्म पहिचान भने खुल्न सकेको छैन।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले शवको पोष्टमार्टमपछि मात्र वास्तविकता थाहा हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।