• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौं राष्ट्रिय खेलकुद : ३३ वर्षको इतिहास तोडिँदै, चुनौती नेपालगञ्जलाई

64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  ११:२३
1140x725

निर्माणाधीन नेपालगञ्ज रंगशाला । तस्बिर : मिराज हुसेन सिद्धिकी ।


बाँके– घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ। नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ। खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ।     
     
भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौं संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ। राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरी खेलाडी छनोट गरिन्छ। यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँग प्रतिष्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्।

नेपालमा भने राष्ट्रिय खेलकूद प्रतियोगिता सुरु भएको ३८ वर्ष पूरा भइसकेको भए पनि अहिलेसम्म सात वटा संस्करण मात्र आयोजना हुन सकेका छन्। प्रत्येक दुई/दुई वर्षमा राष्ट्रिय खेलकूद आयोजना गरिने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन। अहिले आठौं खेलकूद हुँदैछ। यहाँ बढेको गर्मीसँगै आठौंको सरगर्मीले नेपालगञ्जलाई छपक्कै छोपेको छ। प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याइनभ्याई छ।

प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ। कुल ६४० प्रशिक्षक र ४६१ टोली व्यवस्थापकलाई फुर्सद छैन। प्रतियोगिताका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन्।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन्। प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए।     
     
वैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घघाटन र समापन हुनेछन्। प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्। त्यस्तै, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन्।     
     
यस्तै, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन्। ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ। प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो।

आठौँ खेलकूदको मिति नजिकिएपछि खुशी व्यक्त गर्दै सातौँ खेलकूद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता यामसाजन सुनारले भने – “राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा खुशीको कुरा हो । घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन ।” उनले प्रतियोगितामा सहभागी हुने अवसरले गर्मीलाई गौण बनाइदिएको बताए।     
     
बाँकेका अभिमान चौधरी पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी जनाउँछन्। भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताउँदै आफ्नो प्रतिभा देखाउने अवसर नजिकिएकामा खुशी व्यक्त गरे। “प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,” उनले भने। 

“प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा ठूलो अवसर हो,” एथलेटिक्स खेलाडी विश्वरुपा बुढाले भनिन् – “आठौँमा पनि प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।”

“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,” उनले भनिन्। प्रतियोगिताको मिति तय भएपछि खेलाडीमा उत्साह जागेको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए। उनका अनुसार खेलाडीहरु स्वतःस्फूर्त रुपमा अभ्यास गरिरहेका छन्। “प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,” उनले बताए।     
     
तोडिँदै इतिहास 

nimb
nimb
Ncell 2
Ncell 2

विगत ३३ वर्षयता राष्ट्रिय खेलकूदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन। विसं २०७५ सम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने भए पनि यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन्। सातौं संस्करण आयोजना भएको दुई वर्षमै नेपालगञ्जमा हुने आठौँ संस्करणले ३३ वर्ष लामो इतिहास तोड्दैछ। विसं २०४२ मा सम्पन्न तेस्रो संस्करणपछि कहिले पनि राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना हुन सकेको छैन। 
यसले सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकूद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्शाउने गतिलो अवसर दिएको छ। सरकार तथा आयोजक कुनै पनि हालतमा निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकूद आयोजना गर्न प्रतिबद्ध देखिनुले लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकूदको ‘क्यालेन्डर’लाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर रहेको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले बताए।     
     
नेपालगञ्जलाई चुनौती
विसं २०७३ मा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकूदको समापन समारोहमा आठौँ संस्करण नेपालगञ्जमा आयोजना गर्ने भनेर घोषणा गर्न आयोजकलाई ठूलै कसरत गर्नुपरेको थियो । वलीले भने – ‘“तथ्य कसैसँग लुकेको छैन । हामीले पोखरामा हुनुपर्ने आठौंलाई नेपालगञ्ज ल्याएका हौं जसका कारण पनि हामीलाई निर्धारित समयमा प्रतियोगिता सक्नुपर्ने ठूलो दबाब थियो। त्यो चुनौती पूरा हुँदैछ।”

उनका अनुसार धरानमा सातौँको समापन समारोह सुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो। अन्तिम समयमा आएर मात्र नेपालगञ्जले आठौँ आयोजनाको अधिकार पाएको थियो। त्यसो त तत्कालीन समयमा राष्ट्रिय खेलकूद पालैपालो पाँचवटै विकास क्षेत्रमा आयोजना गर्ने परम्परा थियो। सो अनुरूप २०४० सालमा दोस्रो पोखरामा र २०५५ सालमा चौथो नेपालगञ्जमा आयोजना भएको थियो।     
     
उनले अबको चुनौती खेल सञ्चालन र खेलाडीको व्यवस्थापन मात्रै भएको बताउँदै त्यसमा पनि आफूहरु सफल हुने दावी गरे।     
  
प्रदेश संरचनामा पहिलो

राष्ट्रिय खेलकूदको शुरुआत अञ्चलगत संरचनाका आधारमा भएको थियो। त्यस बखत १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे। विस्तारै पाँच विकास क्षेत्रलाई टिममा विभाजन गरिएको थियो। यसपटक भने प्रदेश संरचनामा हुनेछ।

प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन्।

काशीराम शर्मा/रासस     

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्