लहान- ट्याक्टर प्रयोग गरी अवैधरुपमा ओसारपसार भइरहेको काठसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
सिराहा नगरपालिका–६, बसभिट्टाबाट ना४ख ३६९८ नम्बरको ट्याक्टरसहित चालक रामदायाल पासवानलाई प्रहरीले पक्राउ गरेको हो।
आधिकारीक कागजात नभएपछि काठसहितको ट्याक्टर नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जानकारी दिए।
ट्याक्टरमा सिसौको गोलीया २५ र सिरिसको गोलीया १ थान बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।