काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। ६७ वर्षीय गोल्छाको मंगलबार राति चेन्नईमा निधन भएको छाेरा शेखर गाेल्छाले जानकारी दिए।
किड्नीको समस्या भएका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो। गोल्छाका दुई छोरा छन्।
उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए।
उनको अग्रसरतामा हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका २४ उद्योग स्थापना भएको थियो।
गाेल्छाकाे पार्थिव शरीर काठमाडौंस्थित पशुपति आर्यघाटमा बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।