काठमाडौैं–गृह मन्त्रालयले दुई नयाँ जिल्लामा सिडिओ र प्रहरी इन्चार्ज खटाएको छ । प्रदेश सीमाकंनको क्रममा टुक्राइएका पूर्वी नवलपरासी र पूर्वी रुकुममा सिडिओ र प्रहरी इन्चार्ज खटाइएको हो ।
पूर्वी नवलपरासीमा अध्यागमन विभागमा कार्यरत उपसचिव शम्भु मरासनीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ । त्यस्तै सो जिल्लामा एसपी दिपेन्द्र जिसीलाई प्रहरी मुख्यालयले पठाएको छ।
पूर्वी रुकुममा भने तीन साताअघिदेखि नै सिडिओ र डिएसपी पठाइएको थियो । जहाँ भूपेन्द्र सापकोटा सिडिओ र डिएसपी प्रबीणलाल श्रेष्ठलाई पठाइएको थियो । आसन्न चुनावको तयारीलाई थप चुस्त बनाउन सिडिओ र प्रहरी प्रमुख पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताए । नयाँ जिल्लामा अन्य सरकारी संरचना भने छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।