लिभरपुल- युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुलले सहज जित हात पारेको छ।
लिभरपुलले गए राति सकिएको खेलमा पोर्चुगिज क्लब पोट्रोमाथि २-० को जित निकालेको हो।
लिभरपुलका लागि पाँचौ मिनेटमा नाभी केइटाले पहिलो गोल गरे। २६ मिनेटमा रोबर्टो फिर्मिनोले अग्रता दोब्बर पारे। उनले अलेकजेन्डर ओर्नान्डको क्रसमा गोल गरेका थिए।
अब दोस्रो लेग आगामी १७ अप्रीलमा पोर्टोको घरेलु मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।